१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विपदमा परेकाको उद्धार गर्न उद्धारकर्मीको क्षमता विकास


0
Shares

रसुवा । प्राकृतिक तथा मानविय विपदमा परेकाहरुको उद्धारका लागि रसुवामा उद्धारकर्मीको क्षमता विकास गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी रसुवाले प्रकोप प्रभावित क्षेत्रका बस्तिका करिब पचास जनालाई स्थानीय स्तरमा उद्धारकर्मीको रुपमा विकास गरेको हो ।

विशेष गरि वर्षायाममा बाढी, पहिरोबाट हुन सक्ने क्षति तथा हिँउदको मौसममा हिमपातसंगै हावाहुरी र आगलागि जस्ता प्रकोपबाट बच्न स्थानीय स्तरमै क्षमताको विकास गरिएको हो ।