
काठमाडौं । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा हाल सञ्चालनमा रहेको अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ ।
विगत पाँच वर्षदेखि अस्थाई बसपार्क सञ्चालन हुँदै आएको खुलामञ्च खाली गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको हो ।
बिगत एक महिनाअघि पहिलो चरणमा केही संरचना हटाइसकेको खुलामञ्चमा रहेको बसपार्क अन्यत्र सार्ने र बाँकी रहेका निर्माण सामग्री हटाउने काम थालिएको छ ।
यसका लागि काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पत्र पठाएर खाली गर्ने वातावरण बनाउन आग्रह गरिएको छ ।
तत्काल अन्य संरचना हटाउँदै जाने र बसपार्कका विषयमा स्थानको पहिचान गरेर शुरु गरिने महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्