१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बलात्कारको झुटो आरोप लगाउने महिलालाई ३ वर्ष ६ महिना जेल


0
Shares

काठमाडौं । बलात्कारको झुटो आरोप लगाउने एक महिलालाई जिल्ला अदालत सुर्खेतले ३ बर्ष ६ महिनाको कैद सजाय सुनाएको छ ।

सर्खेतका जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई ३ वर्ष ६ महिनाको कैद सजाय तोकेको हो ।

वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । जाहेरी लगत्तै शर्मा पक्राउ परेका थिए । अ

ाफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी महिलाले अदालतमा बयान फेरेपछि शर्मालाई सफाइ दिई ती महिलालाई कैद सजाय तोकेको हो ।

झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि सजाय दिइएको बताईएको छ ।