२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सभामुख र उपसभामुख नहुँदा बैठकको अध्यक्षता गर्ने सांसद् मनोनयन, को–को परे ?


0
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकाटोले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन गर्नुभएको छ ।

मंगलबार बसेको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरूको नाम मनोनयन गर्नुभएको हो ।

मनोनयनमा परेका सांसद्हरूमा डिला संग्रौला पन्त, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे रहेका छन् ।

यस्तै बैठकले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा दुःख व्यक्त गर्दे शोक प्रस्ताव पारित गरेको छ । यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

पूर्वखानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहेका यादवको ७५ वर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक चैत ६ गते अपराह्न १ बजेका लागि बोलाइएको छ ।