१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शीतल निवासमा सर्वदलीय बैठक जारी


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सुरु भएको सर्वदलीय बैठक जारी छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सुरु भएको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता सहभागी छन् । त्यस्तै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पनि सहभागी हुनुहुन्छ ।

वर्तमान राजनीतिक खिचातानी रोक्नका लागि राष्ट्रपति भण्डारीले बैठक डाकेको बुझिएको छ । बैठकमा दलका नेताहरू गोलबद्ध भएर बसेका छन् भने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली अगाडि छन् ।

बैठकमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र रामबहादुर थापा छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, शशांक कोइराला, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र देव गुरुङ हुनुहुन्छ ।

यस्तै जनता समाजवादीका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो बैठकमा सहमागी हुँदा राष्ट्रिय जनमोर्चाको तर्फबाट चित्रबहादुर केसी, राप्रपाको तर्फबाट डा. प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी थिए ।