
web pic
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा दुई दुई रुपैयाँ बढाइएको हो । नयाँ मूल्य पछि अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ ।
निगमले आन्तरिकतर्फ हवाइ इन्धन प्रतिलिटर २ रुपैयाँले बढाएर ७४ रुपैयाँ बनाएको छ । निगमले ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ ।
यसअघि निगमले फागुन १७ गते पनि र त्यसअघि पनि इन्धनको मूल्य बढाएको थियो ।
प्रतिक्रिया दिनुहोस्