१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रपति निर्वाचनमा रुसले ट्रम्पलाई सहयोग गरेको गुप्तचरको दावी


0
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले गत वर्षको अमेरिकी राष्ट्रपति निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सहयोग गरेको आरोप लगाइएको छ ।

हालै प्रकाशित अमेरिकी गुप्तचर निकायको प्रतिवेदनअनुसार राष्ट्रपतिमा निर्वाचत जो वाइडेनविरुद्ध गलत प्रचारमा रुसले सहयोग गरेको गरेको उल्लेख छ ।

तर कुनै अन्तिम चुनावी परीणामबारे भने रुसले कुनै तथ्य तोडमोड नगरेको बताइएको बीबीसीले उल्लेख गरेको छ । तर रसियाले अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोपको पटक पटक खण्डन गर्दै आएको छ ।

१५ पृष्ठ लामो सो प्रतिवदेनमा गत वर्षको निर्वाचनमा रसिया र इरानले बाइडेनविरुद्ध गलत प्रचार गरेको उल्लेख छ । अमेरिकी कानुनमा निर्वाचन प्रयोजनका लागि विदेशी निकाय वा व्यक्तिसँग जुनसुकै प्रकारको सहयोग लिनु गैरकानुनी मानिन्छ ।

यता रुसी गुप्तचर निकायले भने उक्त प्रतिवेदनको खण्डन गरेको छ । अमेरिकी गुप्तचर निकायले सन् २०१६ को निर्वाचनमा पनि तत्कालीन प्रतिष्पर्धी हिलारी क्लिन्टनको चुनावी दौड कमजोर पार्न रुसले भूमिका खेलेको प्रतिवेदन सार्वजनिक भएको थियो ।

बहुसंख्यक महत्वपूर्ण पूर्वाधार क्षेत्रलाई लक्षित गरी रुस र इरानी अभियानले निर्वाचन प्रभावित पार्ने गतिविधि गरेको प्रतिवदेनले आरोप लगाएको थियो । एजेन्सी