
काठमाडौं । देशका पहाडी क्षेत्रमा आज आंशिक बदली भएर केहीँ स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महासाखाअनुसार देशका अन्य भुभागमा भने मौसम सफा रहने छ । काठमाडौंको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ११ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २६ देखि २८ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १३ मिनेटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्