
काठमाडौं । काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा सन्तोषी श्रेष्ठको हत्या प्रकरणमा उनका श्रीमान पक्राउ परेका छन् ।
हत्या आरोपी सन्तोष सापकोटालाई कुलेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी परिसरको टोलीले सन्तोष सापकोटालाई पक्राउ गरेको हो । गत सोमबार साँझ बोरामा पोको पारेको अवस्थामा सन्तोषीको शव फेला परेको थियो । पति सन्तोष सापकोटाले ह्यामरले हिर्काएर पत्नीको हत्या गरेको प्रहरीसँग स्वीकारेका छन् ।
लागुऔषध सेवन कर्ता समेत रहेका सन्तोष र पत्नीबीच पछिल्लो समय विवाद थियो । माइतीघरमा बस्दै आएकी सन्तोषी बल्खु स्थित घरमा छिरेको बेला सन्तोषले योजनावद्ध रुपमा पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रीमतीको हत्यापछि उनले श्रीमतीको साथमा रहेको सुनको गरगहना लुटेर फरार भएका थिए ।
प्रतिक्रिया दिनुहोस्