
web pic
काठमाण्डौ । कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानीमा हिजो साँझ मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाण्डौ महानगरपालिका ६ घर भई चाँगुनारायण बस्ने २७ वर्षीय सुरज कुईंकेल रहेका छन ।
दुर्घटनामा गम्भीर घाइते भएका कुईंकेलको नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा उपचारको क्रममा साँझ ६ बजे मृत्यु भएको हो ।
मुलपानी भक्तपुर सडकखण्डमा बा ५ ख १८२ नम्वरको मिनी ट्रकले प्रदेश ३-०२-०१२ प ५८४२ नम्बरको मोटरसाइकललाई हिजो साँझ करिव साढे पाँच बजे ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्रक सहित चालकलाई महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्