१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सूचनामैत्री बन्दै बझाङका स्थानीय तह


0
Shares

बझाङ । बझाङका स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रलाई सूचनामैत्री बनाउन थालेका छन् ।

नागरिकलाई सूचनाको पहुँचमा ल्याउनका लागि विभिन्न एप्सहरुका माध्यमबार्ट सूचना दिन थालिएको हो ।

विभिन्न दातृ निकायको सहयोगमा सुशासन परियोजना अन्तरगत स्थानीय सरकारले सूचना प्रविधि केन्द्र स्थापना गरेको हो ।

यसरी सूचना प्रविधि केन्द्र सञ्चालनमा आएपछि आफूहरुलाई सूचना पाउन सहज भएको स्थानीयले बताएका छन् ।

जिल्लाको जयपृथ्वी नगरपालिका, मष्टा गााउँपालिका, दुर्गाथली गाउँपालिका र खप्तड छान्ना गाउँपालिकामा सूचना प्रविधि केन्द्र सञ्चालनमा आइसकेका छन् भने अरु स्थानीय तहले पनि तयारी गरेका छन् ।