
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट बिदाई गर्न ढिला गर्नु नहुने बताउनु भएको छ ।
आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले प्रधानमन्त्री ओलीले राज्यका सम्पूर्ण अंग र स्रोतसाधानमाथि कब्जा जमाएको आरोप लगाउँदै छिटो सरकारबाट बिदाइ नगरे इतिहासले माफ नगर्ने बताउनु भएको हो ।
नेता भट्टराईले प्रधानमन्त्री ओलीमा राज्यका सबै अंग र साधन स्रोत कब्जा गरी सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपना रहेकाले लोकतन्त्र र संविधानको रक्षाका लागि उहाँलाई बिदाई गर्नुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले प्रधानमन्त्री ओलीको रवैया हेर्दा आफैँ हट्ने कुनै छाँटकाँट नदेखिएको समेत उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्