१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दुई न्यायाधीशको संसदीय सुनुवाइ सुरु, १० दिनभित्र उजुरी माग


0
Shares

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका दुई न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिको बुधबारको बसेको बैठकले न्यायाधीशको सुनुवाइ प्रक्रिया सुरु गर्दै १० दिनभित्र उनीहरुविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाई प्रक्रियाको सूचना सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

फागुण ८ गते बसेको न्यायापरिषद्को बैठकले न्यायाधिश डा. कुमार चुडाल र नहकुल सुबेदीलाई सर्वोच्च अदालतको न्यायाधिशमा सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ भएपछि संविधानको धारा १२९ बमोजिम राष्ट्रपति समक्ष नियुक्तिका लागि उनीहरुको नाम सिफारिस गरिनेछ ।