
एजेन्सी । जापानको एक अदालतले समलिङ्गी विवाहलाई असंवैधानिक ठहर गरेको छ । त्यहाँको सप्पोरो जिल्ला अदालतले जापानको संविधानमा विवाहलाई दुई लिङ्गबीचको सम्बन्ध भनेर मात्र परिभाषित गरेकाले समलिङ्गी विवाहलाई असंवैधानिक ठहर गरेको हो ।
तर, अदालतले संविधानले समलैङ्गिक जोडीहरूको संवैधानिक ग्यारेन्टीको समानतालाई भने अस्वीकार गरेको छ । अदालतले संविधानले समलैङ्गिक समुदायका व्यक्तिलाई समान व्यवहार नगरेको फैसला गरेपछि समलैङ्गिक समुदायका मानिसहरूले त्यसलाई प्रतिकात्मक जितको रूपमा लिएका छन् ।
अदालतले विपरित लिङ्गको जोडीहरूको समान अधिकार समलिङ्गी जोडीहरूलाई नदिएकोमा राज्यसँग प्रतिव्यक्ति १० लाख येन क्षतिपूर्ति माग्ने समलिङ्गीहरूका मागलाई भने अस्वीकार गरिदिएको छ । तर, उनीहरूलाई विवाह गर्न नदिनु असंवैधानिक भएको उसको ठहर छ ।
अदालतले समलिङ्गीहरूलाई विवाह गर्न नदिनु असंवैधानिक ठहर गरेसँगै त्यहाँका समलिङ्गीहरूले आफूहरू सपना साकार गर्न एक कदम अघि बढेको महसुस गरेको बताएका छन् ।
जापान टाइम्सका अनुसार फैसलासँगै सबै जिल्ला अदालतहरूले समलिङ्गी युनियनहरूलाई संवैधानिक घोषणा गरेका छन् । यद्यपि विवाहलाई वैधानिक बनाउने विषयको ग्यारेन्टी भने गरेका छैनन् । अदालतले कानुन परिवर्तन राजनीतिक नेतृत्वले गर्ने आफ्नो फैसलामा स्पस्ट पारेको छ ।
दोस्रो विश्वयुद्धपछि बनाइएको जापानको संविधानमा विवाहलई दुई लिङ्गबीचको आपसी सहमतिको रूपमा परिभाषित गरेको छ । सरकारले त्यतिबेला समलिङ्गी विवाहको अवस्था नआएकाले संविधानमा उल्लेख नभएको हुनसक्ने बताएको छ ।
विकसित देशहरूको जी सेभेन ग्रुपमा जापान मात्र समलैङ्गिक विवाहलाई मान्यता नदिने देश हो ।
प्रतिक्रिया दिनुहोस्