
काठमाडौं । अंग्रेजी भाषी प्रसिद्ध उपन्यासकार ग्रेटा राणाको उपन्यास ‘गोस्ट्स इन द ब्याम्बो’ सार्वजनिक भएको छ । ललितपुरस्थित एक होटलमा आयोजित कार्यक्रममा डा. हेमाङ्ग दीक्षित, डा. मधु घिमिरे र लेखक राणाले उपन्यास लोकार्पण गर्नुभएको हो ।
उपन्यासका बारेका सगुना शाहले लेखकको निजी जिन्दगीसँग मिल्दाजुल्दा पात्रले लापालिस्तान काल्पनिक शहरको मानवीय जीवनको वर्णन गरेको बताउनुभयो । काल्पनिक कथालाई मौलिक कथा जस्तो शैलीमा बुनिएकाले उपन्यास पठनीय रहेको उहाँको दावी छ ।
भाषिक प्रयोग र लेखकको व्यंग्यात्मक ह्युमरसले पुस्तकमा अझै बलियो पकड भएको शाहले बताउनुभयाे । कार्यक्रममा संचारकर्मी चिराग बाङ्देलले लेखक ग्रेटाका बारेमा बताए भने डा. हेमाङ्ग दीक्षित र डा. मधु घिमिरेले लेखकको संघर्षकालका संस्मरण सुनाएका थिए ।
बुक हिलले प्रकाशन गरेको ३२० पेजको उपन्यासको मूल्य ५ सय ५५ रूपैयाँ रहेको छ । उपन्यास अमेजन डट कम, थुप्रै डट कम, किताब यात्रा डट कम र बुक हिलकै इ प्ल्याटफर्मबाट उपलब्ध हुनुका साथै देशभरका पुस्तक पसलबाट खरिद गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्