
एजेन्सी । अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको छ ।
मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रपति जोन मगुफुलीको उपचारकै क्रममा निधन भएको हो ।
बिगत दुई सातादेखि सार्वजनिक स्थलमा देखा नपरेका राष्ट्रपति जोनको स्वास्थ्यमा जटिलता आएपछि अस्पताल भर्ना गरिएको हो ।
तान्जानियका विपक्षी दलका नेताहरुले उहाँलाई कोरोना संक्रमण भएको बताएतापनि यसको आधाकारिक पुष्टि भएको छैन ।
तान्जानियाका उपराष्ट्रपति सामिया सुलुह हसनले राष्ट्रपतिको निधन भएको पुष्टि गर्दै देशले एक प्रभावशाली र गणतन्त्र पक्षधर नेता गुमाएको जनाउनु भएको छ ।
राष्ट्रपतिको निधनप्रति तान्जानियामा १४ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ भने देशको झण्डा १४ दिनसम्म आधा झुकाइने छ ।
राष्ट्रपति जोन मगुफुलीको निधनपछि अब तान्जानियामा नयाँ राष्ट्रपतिको जिम्मेवारी रुपमा उपराष्ट्रपति हसनले पाउनुहुने छ ।
जोन मगुफुलीले सन् २०१५ को अक्टोबरदेखि राष्ट्रपति पद सम्हाल्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस्