
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गर्ने भएको छ ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को बैठकले गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो ।
पहिलो चरणमा चार लाख २९ हजारले खोप लगाएका थिए । मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दोस्रो चरणमा फागुन २३ गतेदेखि चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने सूचना पछि प्रकाशन गरिने जानकारी दिनुभयो ।
दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिएको थियो ।
यस्तै दोस्रो प्राथमिकतामा परेका ५५ वर्षदेखि ६४ वर्षसम्मका नागरिकलाई खोपको पहिलो मात्रा दिनेबारे पछि सूचना जारी गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्