१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महोत्तरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


0
Shares

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका २ आवरमा बुधबारबेलुकी ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको मुखियापट्टी नगरपालिका ३ बैरियाका २० वर्षीय नितेश कुमार साह रहेका छन् ।

उपचारको लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरी चौकी धिरापुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार मटिहानी नगरपालिका ८ का २६ वर्षीय सरोज कुमार साहको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

धिरापुरबाट मटिहानीतर्फ जाँदै गरेको ज १ त ७४८४ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई हिजो बेलुकी सवा ७ बजे ठक्कर दिएको थियो ।

ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।