
तस्विर फाइल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुको छुट्टै भेला सुरु भएको छ ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो समूहका सांसदहरुको भेला सुरु भएको हो ।
अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाए पछि यो समूहका सांसदहरु छलफलमा जुटेका हुन् ।
ओलीले बोलाएको बैठकमा नजाने बताइसकेको यो समूहका सांसदहरु आफ्नोतर्फको योजना बनाउन छलफलमा जुटेका हुन् ।
ओलीले बोलाएको संसदीय दलको बैठक बालुवाटारमा बस्दैछ । एमालेभित्र विवाद बढ्दै गएपछि नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला हेरिटेज गार्डेनमा हिजोबाट सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्