
काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसीएमसी)ले नेपाल र भारतबीचमा यातायात सुचालु गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सिसीएमसी)को बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।
नेपाल भारत यातायताका १३ वटा रुटबाट पूर्ववत् रूपमा यातायात सञ्चालनको निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सिसीएमसीका सचिव खगराज बरालले बताउनुभयो ।
बैठकले नेपाल भारत सिमानामा नेपाल तर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ ।
गत चैत्र ११ गतेदेखि नेपालमा कोभिड–१९ संक्रमणका कारण लकडाउन गरिएपछि नेपाल भारत यातायात हालसम्म ठप्प रहेको छ ।
यातायात सञ्चालनमा आएपनि यात्रुहरूले पूर्ण रूपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडीको पिसिआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने प्रावधान राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्