
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम धनगढी एफसीले मुख्य प्रशिक्षकमा तोपे अयोडेजी फुजालाई अनुबन्धित गरेको छ ।
धनगढीले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षकमा नाइजेरियाली प्रशिक्षक फुजालाई अनुबन्धित गरेको जनाएको हो । फुजाकै नेतृत्वमा मनाङ मर्स्याङ्दी क्लबले २०७५ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो ।
सन् २००५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशिक्षकको रूपमा कोचिङ करिअर सुरु गरेका फुजाले नेपालको ए डिभिजन लिग डेब्यू मछिन्द्र क्लबबाट गरेका थिए । धनगढीले मार्की खेलाडीको रूपमा विशाल राईलाई यस अघि नै अनुबन्ध गरिसकेको छ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्