१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


अमेरिकामा एसियन व्यक्तिहरूमाथि दुर्व्यवहार, फेरि अर्का उवर चालकमाथि आक्रमण (भिडियो)


0
Shares

दिवाकर बागचन
न्यूयोर्क । अमेरिकामा पछिल्ला दिनहरूमा एसियन मूलका व्यक्तिहरूमाथि अमानवीय व्यवहार बढ्न थालेकोे छ । दुई साता नवित्दै अमेरिकामा ट्याक्सी चालकको काम गर्दै आएका दुई नेपालीमाथि दुर्व्यवहार भएको छ ।

हालै न्यूयोर्कमा उवर (ट्याक्सी)चालक आशिष सापकोटामाथि ट्याक्सीमै दुर्व्यवहार भएको छ । अमेरिकी यात्रुले सापकोटालाई आक्रमण गर्दा उनको कञ्चटमा गम्भीर चोट लाग्दा गोडामा पनि सामान्य चोट लागेको छ । उपचारपछि घर फर्किएका आशिष अमेरिकी प्रशासनसँग न्याय माग्दैछन् ।

यसअघि क्यालिफोर्नियाका शोभाकार खड्का माथि पनि केही युवतीहरूले दुर्व्यवहार गर्दै आक्रमण गरेका थिए । हेर्नुहोस् भिडियो रिपोर्टः