१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यी हुन् शुक्रबारको प्रतिनिधिसभा बैठकका सम्भावित कार्यसूची


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको सातौं अधिवेशनको चौथो बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । शुक्रबार १ बजे बस्ने बैठकका लागि दुईवटा कार्यसूची तय गरिएको हाे ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ । राष्ट्रियसभाका पूर्वसदस्य तथा संविधान सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि संसद् सचिवालय तय गरेको छ ।

सातौं अधिवेशनको चौथो बैठकसम्म आइपुग्दा सरकारले संसद्लाई विजनेश नदिँदा अधिवेशनको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । सरकारले पहिलो बैठकका लागि केही अध्यादेश ल्याउने प्रयास गरेको भए पनि संसदमा विरोध भएको थियो ।