७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


प्रधानमन्त्रीले दिए राष्ट्रकवि घिमिरेलाई १०१औं जन्मदिनको शुभकामना


0
Shares

काठमाडौं, असोज ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई जन्मदिनको शुभकामना दिएका छन् ।

राष्ट्रकवि घिमिरे मंगलबारदेखि १०१औं वर्षमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार बिहान ट्वीट गर्दै उनलाई सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका हुन् ।

घिमिरेको जन्म १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो ।

नेपाली साहित्यका अथक साधक घिमिरेका करिब एक दर्जन कृति प्रकाशित छन् । कवि, गीतकार उनी थुप्रै पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

उनी हाल काठमाडौंको लैनचौरमा बस्दै आएका छन् ।