
काठमाडौं । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले देशभर सामान्यतया मौसम बदली भएर केही उच्च पहाडी क्षेत्रमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना भएपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ११.८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २६ देखि २८ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।
आज बिहान सूर्योदय ६ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १५ मिनेटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्