१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकासँग यथास्थितिमा वार्ता गर्दैनौंः उत्तर कोरिया


0
Shares

एजेन्सी । उत्तर कोरियाले अमेरिकासँग यथास्थितिमा वार्ता नगर्ने स्पष्ट पारेको छ ।

वार्ताका लागि अमेरिकाले गरेका सबै प्रयासहरुलाई असफल पार्ने उत्तर कोरियाले जनाएको छ ।

तर अमेरिकाले भने उत्तरको सो कदमलाई शत्रुतापूर्ण नीति भएको टिप्पणी गरेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले अमेरिकाको आलोचना गरेलगत्तै उत्तर कोरियाको यस्तो प्रतिक्रिया आएको हो ।

किमकी बहिनी किम यो जोङले आफ्नो मुलुकप्रतिको नीति सार्वजनिक गर्न अमेरिकासँग माग गर्नुभएको थियो ।

उहाँले अमेरिकाले सम्बन्ध सुधार भन्दा पनि विग्रह ल्याउने भूमिका खेलेको जोङको आरोप थियो ।

उहाँले अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास गरेर आफ्नो देशमाथि हमलाको प्रयास गरेको आरोप लगाउनुभएको थियो ।

यता अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले भने उत्तर कोरियामाथि कुटनीतिक दवाव जारी राख्ने बताउनुभएको छ ।

उहाँले उत्तरसँग पुनः वार्ताका लागि आफू तयार रहेकोसमेत बताउनुभयो ।

उत्तर कोरियाका विदेशमन्त्री चो छोरा हुवाले वार्ताको प्रस्ताव अमेरिकाको झुक्याउने चालबाजीमात्र भएको टिप्पणी गर्नुभएको छ ।