
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ ।
प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यस्तै आजको बैठकमा पूर्व राष्ट्रियसभाका सदस्य एवम् संविधानसभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको सचिवालयले निकाले जनाएको छ । कोइरालाको ७१ वर्षको उमेरमा गएको बुधबार निधन भएको थियो ।
सर्वोच्च अदालतको फैसलासँगै प्रतिनिधिसभा पुनःस्थापनापछि अहिलेसम्म तीन वटा बैठक बसेको भए पनि तीनवटै बैठक उपलब्धिविहीन बनिरहेको छ । राजनीतिक दलहरुबीच पछिल्लो समय विवाद बढ्दै जाँदा संसद बैठक प्रभावित हुँदै आएको छ ।
संसदको हिउँदे अधिवेशन सुरु भएको दुई साता बितिसक्दा पनि बैठकमा महत्वपूर्ण विषयमा छलफल हुन पाएको छनै । सामान्यता अधिवेशन सुरु भएको पहिलो दिन शीर्ष नेताहरुले सम्बोधन गर्ने प्रचनल थियो ।
तर चालू अधिवेशनमा भने तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र विभिाजित भएको, प्रतिनिधिसभाले संसद विघटनालाई बदर गरेको र एमालेको आन्तरिक विवादका कारण परम्परा तोडिएको हो ।
संसद विघटन उल्टिएपछि फागुन २३ गते बसेको पहिलो बैठकमा सत्ता पक्षको असन्तुष्टि र प्रतिपक्षीको विरोधका कारण बैठक प्रभावित भएको थियो । त्यसपछिका बैठकहरु शोक प्रस्ताव पारित गर्दै स्थगित गरिएका थिए ।
प्रतिक्रिया दिनुहोस्