
काठमाडौं । रङ्गकर्मी तथा नक्कली प्रचण्डको रुपमा परिचित हाँस्य अभिनेता घनश्याम गौतमले म्युजिक भिडियोमा समेत हात हाल्नुभएको छ ।
सिरियल र स्टेज तथा महोत्सवहरुमा नेताहरुको प्रस्तुति बाट दर्शकलाई हँसाउँदै आएका गौतमले म्युजिक भिडियो समेत निर्देशन गर्नुभएको हो ।
हाँस्य बिधामा लाग्नु अगि गित लेख्दै म्युजिक भिडियोमा अभिनय गर्दै आउनुभएका उहाँ आजकल निर्देशन तिर बढि सक्रिय देखिनु भएको छ ।
उहाँको शब्द रहेको गितमा निम सँगितको कम्पोज तथा गगन सरगमको स्वर रहेको छ ।
क्यामरामा नवराज खड्का तथा खेम थापा मगर रहेका छन् भने मोडल कलाकारहरुमा बिराज खड्का, स्मारिका खनाल, मनकुमार बिक पशुपती दंगाल तथा दिपेश लाखेले अभिनय गरेका छन् ।
यस्तै श्रृँगारमा नरेश राज खरेल प्रोडक्सन कन्ट्रोलरमा सानू घायल निर्माता सुरेश अछामी रहेका छन् ।
उक्त म्युजिक भिडियोको सुटिङ भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा गरिएको छ ।
भिडियो चाँडै नै रिलिज हुने निर्देशक गौतमले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्