
काठमाडौं । लागू पदार्थको कारोबारमा बृद्धि हुन थालेपछि नवलपुरका मुख्य नाकामा सुरक्षा कडा पारिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार लागू पदार्थको ओसारपोसारका घटनामा बृद्धि भएपछि जिल्लाका प्रमुख नाकाहरुमा अत्याधुनिक प्रणालीसहितको सीसीटिभी जडान गरिएको छ ।
प्रदेश प्रहरी कार्यालय पोखराले आफ्नो प्रदेशको प्रवेश नाकाहरुमा सुरक्षा व्यवस्था कडा बनाउँदै सडकमा हुने घटना तथा दुर्घटना न्यूनिकरण गर्न अत्याधुनिक सीसीटिभी जडानमा सहयोग गरेको छ ।
नवलपुरको पूर्वी नाका गैँडाकोटमा तीन वटा सीसीटिभी जडान भइसकेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । यो प्रविधिसहितको क्यामेरा जिल्लामै पहिलो पटक जडान गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्