२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


चलचित्र पत्रकार संघद्वारा २० लाख रुपैयाँको पत्रकार कल्याणकारी कोष शुभारम्भ


0
Shares

काठमाडौं । नेपाल चलचित्र पत्रकार संघले पत्रकार कल्याणकारी कोष अभियानको शुभारम्भ गरेको छ । चलचित्र पत्रकार संघ नेपालको २१औँ साधारणसभामा अभियानको शुभारम्भ गरेको हो ।

संघले २० लाख रुपैयाँको अक्षय कोष खडा गर्ने अभियान शुरु गरेको हो । कोषले ६० वर्षभन्दा माथिका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिने तथा समस्यामा परेका चलचित्र पत्रकारहरूको हितमा काम गर्ने अध्यक्ष दिनेश सिटौलाले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीले कोषको कार्यविधि सहज बनाउन सुझाव दिएका छन् । चलचित्र पत्रकार संघ नेपालको बार्षिकोत्सव जेठ ७ गते कल्याणकारी कोषको औपचारिक घोषणा गरिने महासचिव समिर बलामीले जानकारी दिनुभयो । कल्याणकारी कोष संचालनको लागि कार्यविधि पनि तयार गरेको छ ।