
web pic
काठमाडौ । सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–५ मा रहेको एक गाई फर्ममा आगलागी भएको छ ।
शुक्रबार बिहान भएको आगलागीमा परी १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेको सप्तरी प्रहरीले जनाएको छ ।
नोज साहको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गोठमा ६० वटा गाई पालिएकामा २० वटा जलेर मरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिनुभयो ।
अहिले आगो नियन्त्रणमा आएको छ । अहिले के–कति क्षति भयो भन्नेबारेमा लागत सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्