१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


फुलह्याममाथि लिड्सको शान्दार जीत


0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा लिड्सले फुलह्याममाथि २–१ गोल अन्तरले विजयी भएको हो ।

लिड्सका लागि पेट्रिक बामफोर्ड र राफेल बेलोलीले एक एक गोल गर्दा जोचिम एन्डरसनले एक गोल फर्काएका थिए । लिड्सका लागि २९ औं मिनेटमा बामफोर्डले गोल गर्दै अग्रता दिलाएका थिए। एन्डरसनले ३८ औं मिनेटमा गोल गर्दै फुलह्यामलाई बराबरीमा ल्याएका थिए ।

पहिलो हाफमा एक एक गोल भएको खेलमा लिड्सले निर्णायक गोल दोस्रो हाफमा गरेको थियो । उसका लागि राफेलले ५८ औं मिनेटमा गोल गरेपछि लिड्स २–१ गोल अन्तरले विजयी हुन पुग्यो ।

यो नतिजासँगै लिड्स युनाइटेड ३९ अंकका साथ ११ औं स्थानमा रहँदा २६ अंक जोडेको फुलह्याम भने रेलिगेशन जोनमा रहेको छ । प्रिमियर लिगको तालिकाको शीर्ष स्थानमा म्यानचेस्टर सिटीले ७१ अंक जोड्दा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले ५७ अंक जोडेको छ । एजेन्सी