
एजेन्सी । फ्रान्स र पोल्यान्डमा कोराना संक्रमण ह्वात्तै बढ्न थालेपछि फेरि आंशिक लकडाउन गरिएको छ । कोरोनाको तेस्रो लहरको आशंकाबीच जारी लकडाउनबाट राजधानी प्यारिससहित २ करोड १० लाख मानिस प्रभावित हुने छन् ।
पोल्याण्डमा पसल होटल, सांस्कृतिक र खेलकुद केन्द्रहरू मुलुकभर तीन साताका लागि बन्द गरिएको छ । गत नोभेम्बरमा पहिलो पटक कोरोना संक्रमण देखिए यता पोल्याण्डमा दैनिक संक्रमितको संख्या हालसम्मकै उच्च छ । दुवै मुलुकमा मानिसहरूको हिँडडुलमा प्रतिबन्ध नलगाइ पनि अनावश्यक भिडभाड नगर्न र सतर्कता अपनाउन सुचित गरिएको छ ।
जर्मनीमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनका उपायहरू अपनाउने तयारी थालिएको छ । यूरोपियन यूनियन आबद्ध मुलुकहरूमा एकातिर अक्सफोर्ड एस्ट्राजेनेकाको कोरोना खोप पुग्न ढिलाइ भइरहेको छ भने अर्को तर्फ खोपले असर गर्ने त्रासका बीच केही मुलुकले खोप लगाउने अभियान स्थगित गरेका छन् ।
विश्व स्वास्थ्य संगठन र खोप निर्माता कम्पनीले भने खोपले साइड इफेक्ट नगर्ने स्पष्ट पारिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्