९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


‘सी’ डिभिजन लिग : आज दुई खेल हुँदै


0
Shares

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा महावीर युथ क्लब र वीरगञ्ज युथ एकेडेमी खेल्दैछन् ।

यस्तै साढे ३ बजे वीरगन्ज युनाइटेड क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच खेल हुनेछ । यही चैत २४ गतेसम्म चल्ने लिगमा १४ टीम सहभागी छन् ।