
काठमाडौं । कोरोनाविरुद्धको खोप उपलब्ध गराउन विश्व बैंकले आठ अर्ब ६२ करोड ५० लाख प्रदान गर्ने निर्णय गरेको छ ।
नेपालका सत्तरी प्रतिशतभन्दा बढी जनतालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले सहयोगस्वरूप प्रदान गर्न लागेको हो ।
नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको बैंकको प्रधान कार्यालय वासिङ्टनबाट जारी विज्ञप्तिमा जनाइको छ ।
खोप खरिद, वितरण, परीक्षण, प्रयोगशालासम्बन्धी कामका साथै नेपालको अर्थतन्त्र र नेपालीको स्वास्थ्यको रक्षाका निम्ति सहयोग रकम प्रदान गर्ने निर्णय भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्