
चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले विश्वका कैयौं देशमा कम्युनिष्टले कहिल्यै चुनाव नजित्ने बताउनुभयो ।
गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा महतले विश्वका कयौं देशमा कम्युनिष्ट कहिल्यै चुनाव नजित्ने भन्दै नेपालमा भने गाइजात्रा भएको टिप्पणी गर्नुभयो ।
सहमहामन्त्री महतले अंकगणितले मात्रै सरकार बन्ने भएकाले अहिलेको अवस्थामा चुनावमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । उहाँले आफूहरूसँग सरकार बनाउन पर्याप्त मत नरहेको स्वीकार गर्नुभयो ।
महतले कम्युनिष्टले जनतालाई धोका र सपना मात्रै बाँडेकाले यही मौकामा कांग्रेसले जनताको मत जितेर बहुमत प्राप्त गर्नेगरी लाग्नुपर्ने बताउनुभयो । कांग्रेसमा व्यक्ति ठूलो हुने गरी राजनीति नगर्न आग्रह गर्दै उहाँले एकढिक्का भएर लागे आगामी चुनावमा जित हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्