५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


कांग्रेसले अरुलाई प्रधानमन्त्री बनाएर पनि ओलीको विकल्प खोज्नुपर्छ– रामचन्द्र पौडेल


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले सरकारको नेतृत्वमा अरूलाई अघि बढाएर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइरालाको स्मृति सभामा बोल्दै नेता पौडेलले कांग्रेसले अरु राजनीतिक पार्टीलाई सरकारको नेतृत्वमा दिएर भए पनि ओलीको विकल्पमा जानुपर्ने बताउनुभयो । राजनीतिक अन्योल बढेको भन्दै उहाँले यसको अन्त्य गर्न कांग्रेसले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्ने बताउनुभयो ।

नेतृत्वले निर्णय लिन नसकेको भन्दै नेता पौडेलले पार्टी नेतृत्व किंकर्तव्यविमुढ भएर बस्ने बेला नभएको धारणा राख्नुभयो । कांग्रेसका कतिपय नेताहरूले चुनावको पक्षमा बोल्ने गरेको भन्दै उहाँले कांग्रेसले चुनावको वकालत गर्न नहुनेमा जोड दिनुभयो ।

वरिष्ठ नेता पौडेलले लोकतन्त्र पक्षधरहरूको सरकार दिनुपर्ने भन्दै संविधान बचाउन कांग्रेसले कुशलता देखाउनुपर्ने बताउनुभयो ।