
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण भएको छ । प्रधानमन्त्री खानका विशेष सहयोगी फैजल सुल्तानका अनुसार शनिबार उहाँको कोभिड परीक्षण रिर्पोट पोजेटिभ आएको हो ।
खानलाई दुई दिनअघि मात्रै कोरोनाविरुद्धको खोप लगाइएको थियो । कोरोनाको संक्रमण देखिएपछि प्रधानमन्त्री खान होम आइसोलेशनमा बस्नुभएको छ । इमरानलाई चिनियाँ खोप सिनोभ्याक र सिनोफार्मको पहिलो डोज लगाइएको थियो ।
पाकिस्तानमा पछिल्लो महिनायता सङ्क्रमितको संख्या बढ्दै गएपछि केहि सहरमा आंशिक लकडाउन लगाइएको छ । पाकिस्तानमा पछिल्लो समय सङ्क्रमितको बढ्दो संख्याले चिन्तित बनाएको र जोखिमपूर्ण तेस्रो लहरको खतरा रहेको प्रधानमन्त्री खानको भनाइ छ ।
पाकिस्तानमा अहिलेसम्म ६ लाख १५ हजार जनामा कोरोना पुष्टि भएको छ भने १३ हजार सात सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्