
एजेन्सी । जापानमा ७ दशमलब २ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पले सुनामीको खतरा बढेको जापानी अधिकारीहरूले बताएका छन् ।
मियागी प्रान्तको समुद्री तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएपछि एक मिटर अग्लो सुनामी आउनसक्ने जापानी मेटेरोलोजिकल एजेन्सीले जनाएको छ । हालसम्म भूकम्पको हताहती र क्षतिको बारेमा केही जानकारी आइसकेको छैन ।
स्थानीय समयअनुसार साँझ ६ बजेर ९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको थियो । अहिले सो क्षेत्रको २ सय घरपरिवार विद्युतविहीन भएका छन् । मियागी प्रान्तो सेन्दाई शहरमा ठूलो भूकम्पको झट्का महसुस भएको त्यहाँका स्थानीयले जनाएका छन् ।
राजधानी टोकियोमा समेत भूकम्पको झट्का महसुस भएको अधिकारिले बताएका छन् । अहिले सो क्षेत्रका रेल सेवाहरु बन्द गरिएको छ।
प्रतिक्रिया दिनुहोस्