१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टोकियो ओलम्पिकमा विदेशी दर्शक सहभागी हुन नपाउने


0
Shares

काठमाडौं । जापानमा तिन महिनापछि हुने टोकियो ओलम्पिकमा विदेशी दर्शक र समर्थक सहभागी हुन नपाउने भएका छन् ।

टोकियो ओलम्पिकको स्थानिय आयोजक र अन्तराष्ट्रिय ओलम्पिक कमिटिले कोरोना भाइरसको त्रासबाट खेलाडी र जापानका नागरिकलाई बचाउन यो निर्णय गरिएको स्पष्ट पारेका छन् । साथै टोकियो ओलम्पिकमा विश्वका सबै देशको सहभागिता पनि ग्यारेन्टी गर्न नसकिने जापानका अधिकारीहरुले बताएका छन् ।

सन् २०२० मै हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला आयोजना हुँदैछ । आगामि जुलाई १३ तारिखदेखि आयोजना हुने ओलम्पिकमा सहभागिहरुको सवास्थ्य सुरक्षा अहिले आयोजकको टाउको दुखाई बनेको छ । अगष्ट २४ मा सुरु हुने पारा ओलम्पिक खेलमा पनि दर्शकहरुको लागि ओलम्पिककै जस्तो नियम र व्यवस्था लागु हुनेछ । एजेन्सी