
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको नयाँ अध्यक्षमा राज कुमार बस्नेत निर्विरोध भएका छन् ।
शनिबार बाह्रबिसेमा भएको संघको २५ औं साधारणसभा तथा १० औं अधिवेशनले बस्नेतको नेतृत्वमा ३१ कार्यसमिति चयन गरेको हो ।
अध्यक्ष बस्नेतसहित सर्वसम्मत भएका १७ सदस्यले थप १३ सदस्य शनिबार नै मनोनित गरेको छ ।
संघको विधानअनुसार निर्वाचित र मनोनित गरेकाहरुमध्येबाट संघले पदाधिकारी चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा रामकाजी पौडेल चयन भएका छन्, भने प्रथम उपाध्यक्षमा उमेश कसजु, द्धितीय उपाध्यक्षमा अमृत कार्की र तृतीय उपाध्यक्षमा सुर्य कार्की चयन भएका छन् ।
मानार्थ उपाध्यक्षमा जग्गनाथ चालिसे र दिलीप राज गिरी चयन भएका हुन् । त्यस्तै महासचिवमा शम्भुबहादुर तिमल्सिना, सचिवमा ईश्वर गुभाजु, कोषाध्यक्षमा उमेश प्रधान र सह-कोषाध्यक्षमा विचारी पराजुली छानिएका छन् ।
प्रतिक्रिया दिनुहोस्