२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


रियाल मड्रिड स्पेनिस लिगको दोस्रो स्थानमा उक्लियो


0
Shares

काठमाडौं । सेल्टा भिगोलाई ३–१ ले हराउँदै रियाल मड्रिड स्पेनिस लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति सेल्टा भिगोको मैदानमा भएको खेलमा साविक विजेता रियाल मड्रिडलाई विजयी गराउन फ्रेन्च खेलाडी करिम बेन्जमाले दुई गोल गरे । रियालका लागि अर्को एक गोल मार्को असेन्सीयोले गरे ।

पराजित टोली सेल्टा भिगोका सान्टि मिनाले एक गोल फर्काए । जितपछि २८ खेलबाट ६० अंक जोड्दै रियाल मड्रिड अंक तालिकामा दोस्रो स्थानमा उक्लीएको छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिड ६३ अंकसहित शिर्ष स्थानमा रहँदा २७ खेलबाट ५९ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ । एजेन्सी