१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अर्घाखाँचीमा आगलागीबाट करिव २५ लाखको क्षति


0
Shares

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–५ करनामारेमा गएराति आगलागी भएको छ । आगालागीबाट स्थानीय खिम बहादुर खत्रीको घर, गोठ, पसल ,जलेर नष्ट भएको छ ।

यस्तै केही पशु चौपायाको समेत मृत्यु भएको छ । घर नजिकैको जगंलमा लागेको आगो बस्तीमा सल्लिएको बताइएको छ । आगलागीबाट करिव २५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।