१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वैदेशिक सहायता लिँदा मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने


0
Shares

काठमाडौं । विकास साझेदारबाट अन्तराष्ट्रिय सहायता लिँदा मन्त्रिपरिषद्को स्वीकृति लिएर मात्र लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ ।

वैदेशिक सहायता परिचालन प्रक्रियालाई व्यवस्थित बनाउन चैत्र १७ गतेको मन्त्रिपरिषद्को बैठकले वैदेशिक सहायताका लागि स्वीकृति लिनुपर्ने निर्णय गरेको हो ।

सोही अनुसार सहायता लिन खोजेको विकास साझेदारको नाम, सहायता परिचालन हुने क्षेत्र, सहायताको प्रकार, सहायता भुक्तानी विधि, सहायता राष्ट्रिय प्रणाली भित्र वा बाहिरबाट परिचालन हुने र सहायता परिचालन विधिको जानकारी सहित मन्त्रिपरिषद्बाट स्वीकृत लिनुपर्नेछ ।