
प्रदीप पौडेल (इमेज)
पोखरा, साउन ८ । पोखरा महानगरपालिकाको पुरानोबजार, मोहरियाटोलमा रहेका दुईओटा पुराना घर भत्किएको छ ।
पोखरामा मंगलबार परेको मुसलधारे पानीले जमिन भासिएपछि पुराना घर भत्किएको हो । तर, कुनै मानवीय क्षति भएको छैन ।
स्थानीय बासिन्दाकाअनुसार पानीले जमिन भासिएपछि संगमपार्कनजिकै गुठेबालीमार्ग र अधिकारीटोल जाने बाटोतर्फ जमिन भासिएको हो ।
जमिन भासिँदा माटोको जोडाइ भएका पुराना दुईओटा घर भत्किएर पूर्णरुपमा क्षतिग्रस्त भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले क्षतिको विवरण संकलन भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्