
काठमाडौं । सन्धिखर्क नगरपालिकाले सुत्केरी भैंसी भत्ता वितरण सुरु गरेको छ । भर्खरै ब्याएका भैंसीलाई पौष्टिक दानापानी खुबाएर राम्रोसँग स्याहारसुसार गर्न सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले भैंसीधनीलाई भत्ता दिन थालेको हो ।
नगरका किसानले प्रतिभैंसी सुत्केरी भत्ताबापत २ हजार रुपैयाँ पाउने गरेका छन् । अहिलेसम्म १ हजार एक सय भैंसीलाई सुत्केरी भत्ता दिइएको छ । अन्न, दानासहित पौष्टिक आहार किन्न सजिलो होस् भनेर किसानका भैंसीलाई भत्ता दिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो वर्ष भत्ताका लागि निवेदन दिएका १ हजार ६ सय किसानलाई भत्ता वितरण गर्ने कार्यक्रम छ । सत्केरीमा पोसिलो खानेकुरा खुवाउँदा लामो समयसम्म दूध धेरै दिने गरेकाले दूध उत्पादनमा वृद्धि ल्याउन भत्ता बाडिएको उनको भनाइ छ। नगरपालिकाका १२ वटा वडामा २० हजार भैंसी छन् ।
प्रतिक्रिया दिनुहोस्