
काठमाडौं । अमेरिकी रक्षासचिव लोयड अस्टिन अफगानिस्तानको आकस्मिक भ्रमणमा जानु भएको छ ।
राजधानी काबुलमा राष्ट्रपति असरफ घानीसँगको भेटमा विदेश सचिव लोयडले अफगानिस्तानमा जारी द्वन्द्व अन्त्यका लागि थप पहल गर्नुपर्ने बताएको बीबीसीले जनाएको छ । भेटमा अमेरिकी सेना स्वदेश फिर्ता बोलाउने सरकारको यसअघिको निर्णय पालनाको समयसीमाबारे भने केही नबताएको समाचारमा जनाइएको छ ।
द्वन्द्व समाधानका लागि हुने वार्ताअघि नै अफगानिस्तानमा जारी हिंसात्मक गतिविधिको अन्त्य हुनुपर्नेमा उनको जोड थियो । हिंसाको अन्त्यको अन्तिम उपाय शान्तिवार्ता भएको जिकिर गर्दै उनले तालीनानी बिद्रोहीसँग वार्ताको क्रम जारी राख्न राष्ट्रपति घानीलाई सुझाव दिएका छन् ।
गत वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा द्वन्द्वरत विद्रोहीहरुले वार्ताका लागि तयार रहेको बताएपनि सरकारले प्रतिवद्धता अनुसार आफ्ना बन्दीहरु रिहा नगरेको तालिवानीहरुले आरोप लगाउँदै आएका छन् । अफगानिस्तानमा अझै दुई हजार पाँच सय अमेरिकी सेना कार्यरत रहेका छन् । लोयड अफगानिस्तानको भ्रमण गर्ने बाइडेन प्रशासनका हालसम्मका सबैभन्दा उच्च अधिकारी हुन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्