४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


सिन्धुपाल्चोकमा दुर्घटना न्यूनिकरण गर्न चालक र सहचालकको स्वास्थ्य परीक्षण


0
Shares

सिन्धुपाल्चोक । सवारी दुर्घटना कम गर्न बन्देउमा सवारी चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा जनस्वास्थ्य कार्यालयको समन्वयमा चौतारा साँगाचोकगढी नगरपालिका ११ बन्देउमा आइतबार सवारी चालक तथा सहचालकहरुको दक्ष स्वास्थ्यकर्मीबाट प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको हो ।

उक्त परीक्षणमा २ सय २ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य परीक्षणका क्रममा चालक र सहचालकहरुलाई विभिन्न समस्या पनि देखिएको थियो ।

परीक्षण गरिएका २ सय २ मध्ये १८ जनालाई कलर भिजन समस्या र ३२ जनालाई प्रेसरको समस्या देखिएको छ । समस्यामा देखिएका चालह तथा सहचालकलाई आवश्यक परामर्श दिँदै सम्बन्धित डाक्टरकोमा जान सल्लाह दिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रहरी निरिक्षक घिमिरेले ट्राफिक दुर्घटना न्युनिकरण सम्बन्धि सचेतना मुलक जानकारी समेत दिनु भएको थियो ।