१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्थ समिति र विकास तथा प्रविधि समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । संघीय संसदका दुई समितिको बैठक आज बस्दैछ ।

अर्थ समिति र विकास तथा प्रविधि समितिको बैठक सोमबार बस्न लागेको हो ।

अर्थ समितिको बैठक संसद सचिवालयमा बिहान ११ बजे बस्नेछ भने विकास तथा प्रविधि समितिको बैठक बिहान साढे १० बजे बस्ने तय भएको छ ।

अर्थ समितिमा बिमा सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयकमाथि छलफल हुनेछ ।

यता विकास तथा प्रविधि समितको बैठकमा भने काठमाडौं–निजगढ द्रुत मार्गबारे रक्षा मन्त्रालय र नेपाली सेनासँग छलफल हुनेछ ।