१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कमला नदीमा पुल निर्माण थालेसँगै स्थानीय खुसी


0
Shares

सिन्धुली । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं ९ र १० जोड्ने कमला नदीमा पुल निर्माण थालेसँगै स्थानीयको खुसी भएका छन् ।

बागमती प्रदेश सरकार सहयोगमा करिव २१ करोडको लागतमा ५ स्पानको पुल निर्माणको कार्यले गति लिन थालेको हो । निर्माणाधीन पुलको लम्बाई कुल २११ दशमलव ८० मिटर रहने र चौडाइ ११ मिटर रहने छ ।

पुलको निर्माण कार्य आगामी तीन वर्ष सम्ममा सम्पन्न गर्ने गरी सूर्या एण्ड सन्स कन्ट्याक्रले अगाडि बढाएको छ । सिन्धुली जिल्लाको आजादमार्ग स्थित कमला नदीमा सडक पुल निर्माणको थालनी भएपछि सिन्धुली जिल्लाका कमलामाई नगपालिका, तीनपाटन गाउँपालिका र दुधौली नगरपालिकाका स्थानीय बासिन्दाहरुले प्रत्यक्ष सुविधा पाउने भएका छन् ।